बाढीले पूर्वी नवलपरासीको दुम्किबास-सर्दि सडकखण्ड अवरुद्ध
पूर्वी नवलपरासीको विनयि त्रिवेणि गाउँपालिका–४ कटुसघारिस्थित खोरण्डे खोलामा आएको बाढीले दुम्किबास–सर्दि सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब प्रहरी उपरीक्षक एंवम सुचना अधिकारी बेदबहादुर पौडेलले दिएको जानकारी अनुसार बुधवार साँझदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले आज विहान पौने दस वजेदेखि दुम्किबास–सर्दि जाने बाटो पुर्ण रुपले अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा दुम्किवासवाट सर्दि र सर्दि वाट डुम्किवास आउने जाने दर्जनौँ सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिक्रिया