काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति छैन: ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन । बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन । अध्यक्ष ओलीले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको समेत दावी गरे ।
संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिदै अध्यक्ष ओलीले सरकार संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको जिकिर गरे । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको दाबी गरे । अध्यक्ष ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको पनि स्पष्ट पारे । काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने र को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने जानकारी दिए।
प्रतिक्रिया