राप्रपाको आज संसदीय दलको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आज संसदीय दलको बैठक बस्दैछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बोलाइएको हो । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । सरकारमा रहेका नेकपा एमाले लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रतिक्रिया