म्याग्दीको उच्च पहाडी क्षेत्रमा बर्खे आलु भित्र्याउने चटारो

म्याग्दीको उच्च पहाडी क्षेत्रका कृषकलाई बर्खे आलु भित्र्याउने चटारो छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । मनसुनी वर्षाले बाहिरै आलु कुहिन नदिन खनेर भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । 
म्याग्दीबाट वार्षिक  ६ करोड भन्दा बढी मूल्यको आलु काठमाडौ, पोखरा, चितवन, पर्वत, बागलुङको बजारमा निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । 
म्याग्दीका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । स्थानीय सेतो, रातो जातको आलु, निलो, कुफ्रिज्योती, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौ लगायत बजार क्षेत्रमा निकासी हुने गरेको छ । 
 

प्रतिक्रिया