रूसको दुई दिने भ्रमण समाप्त गर्दै अस्ट्रिया पुग मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै अस्ट्रिया पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गरेका हुन् । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गरेका थिए । यसअघि उनी नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री थिए ।प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताएका छन् । यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गरेका छन् । वदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अस्ट्रियाको पहिलो द्विपक्षीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रियाका विदेश मन्त्री अलेक्जान्डर शालेनबर्गले उनलाई स्वागत गरेका थिए । यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक भ्रमण तालिकाअनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । 
 

प्रतिक्रिया