उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ । १५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बियाले उपाधि भिडन्त तय गरेको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा उरुग्वे १–० गोलले पराजित भयो । कोलम्बियाको तर्फबाट पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको जितेको थियो । कोलम्बियाले उपाधिका लागि  १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 
 

प्रतिक्रिया