नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थालाई देखाएर हिजो स्थगित बैठक आज बस्न लागेको हो । सरकार गठन र पार्टीबाट सरकारमा जाने मन्त्रीको नामको छिनोफानो गर्न ओलीले सचिवालय बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय नेताको कार्यविभाजनको विषय पनि एजेण्डामा राखिएको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेका ओलीले पार्टीबाट युवालाई मन्त्री बनाउने तयारी गरेका छन् । कांग्रेससँगको सहमति अनुसार एमालेले ९ मन्त्री पाउने भएको छ । अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसदमा विश्वासको मत लिदैछन् । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढनेछ । ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा छन । यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्नेछ । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुने बताइएको छ । एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । अभियानबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । 
 

प्रतिक्रिया