नौबिसे–मलेखु खण्ड साउन ९ गते सम्म राति बन्द गरिने

पृथ्वी राजमार्गअन्र्तगतको नौविसे–मलेखु खण्ड रातको समयमा बन्द गरेर निर्माण कार्य गरिने भएको छ। असार २६ गते बुधबारदेखि साउन ९ गते बुधबारसम्म हरेक दिन बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरी पुलको विम राख्ने कार्य गर्न लागिएको हो।

चार वटा खोलाको पुलहरुमा (गडर लन्चिङ) विम राख्ने कार्य गर्नुपर्ने भएकाले रातको समयमा बन्द गरेर काम गर्न लागिएको हो । उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ, खेस्टे र पोखरे खोलाको पुलहरुको गडर लन्चिङमा चार वटामा विम  राख्नुपर्ने र समय लाग्ने भएकाले राजमार्ग बन्द गरेर निर्माण कार्य गर्न लागिएको हो । एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द रहने छन्। मंगलबार एक विज्ञप्तिमार्फत नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न आग्रह गरिएको छ।

  

प्रतिक्रिया