नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे पाँच अर्बको सेयर कारोबार

सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढेर २ हजार १ सय ५२ दशमलव १४ को विन्दुमा पुगेको हो । आज ३ सय १६ कम्पनीका ६६ हजार ७ सय १६ पटकको कारोबारमा १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ रहेको छ । आज माइक्रोफाइनान्स र विकास बैंक सर्वाधिक बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सर्वाधिक भएको छ । आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपालको शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।। 
 

प्रतिक्रिया