काभ्रेपलाञ्चोकमा २ सय ५१ जनामा भेटियो डेंगु

काभ्रेपलाञ्चोक जिल्लामा २ सय ५१ जनामा डेंगु पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को असार २४ गतेसम्मको तथ्यांक अनुसार काभ्रेमा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा महिला १ सय ३५ र पुरुष १ सय १६ गरी २ सय ५१ जनामा डेंगु संक्रण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।  हाल सम्म जिल्लामा सबै भन्दा बढी बनेपा नगरपालिकामा डेंगु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा ८९ जना, धुलिखेल नगरपालिकामा ४५ जना, पनौतीमा २८, पाँचखालमा १४, नमोवुद्ध नगरपालिकामा ३३ जना, मण्डनदेउपुर नगरपालिकामा २४, रोशी गाउँपालिकामा १०, भुम्लु र तेमाल गाउँपालिकामा २÷२ जना, खानीखोला गाउँपालिकामा,बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा १÷१ जनामा डेंगु पुष्टि भएको छ । डेगु नियन्त्रणका लागि पालिकाहरुले पनि सचेतना सहितका विविध कार्यक्रम गर्दै आएपनि प्रभावकारी देखिएको छैन ।।  
 

प्रतिक्रिया