सर्दु, सेउती र खहरे आसपासमा घरहरु बाढीको जोखिममा

लगातार आएको बर्षाका कारण धरानको सर्दु, सेउती र खहरे आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई खोलाबाट आएको बाढी पस्ने खतरा बढ्दै गएको छ । बाढीका कारण धरानको खहरे खोला आसपासमा बस्ने ५ घर जोखिममा परेका छन । खहरे आसपासका बासिन्दा कुन बेला बाढी आएर बगाउने हो भन्ने त्रासमा रहेका छन । 
खोलामा आएको बाढीले धार परिवर्तन गरेर धरान १६ को खहरे नजिक रहेकोको बस्ती जोखिममा पारेको हो । जनप्रतिनिधिले सर्दु र खहरे खोला नियन्त्रणका लागि आफ्नो प्रयासले मात्रै सम्भव नहुने बताएका छन । 
सो¥ह नम्बर वडा कार्यालयले खोला नियन्त्रणका लागि संघ र प्रदेश सरकारले रकम नै सहयोग नगरेको गुनासो गरेको छ । पहुचवाला, नजिकका मान्छेलाई रकम उपलब्ध गराउने तर जुन ठाउँमा आवश्यक हो त्यो ठाउँमा नदिएको जनप्रतिनिधिको गुनासो छ ।
 

प्रतिक्रिया