नयाँ सत्ता समिकरणलाई लिएर प्रतिनिधि सभामा सांसदहरुको घोचपेच जारी

नयाँ सत्ता समीकरणलाई लिएर प्रतिनिधि सभाको विशेष समयमा आज पनि सांसदहरु चर्काचर्की परेको छ । विशेष समयमा नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न नसक्ने बताए । प्रधानमन्त्री दाहाल जनमत विपरित सरकारमा गएकाले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकासको कामले गति लिन नसकेको उनको आरोप छ । 
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओलीकै प्रश्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको आरोप लगाए ।  
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाए । नयाँ सरकार आउँदैछ भनेर काँग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेको उनको दाबी थियो । 
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरु त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै आपत्ति जनाइन । 
सांसद कार्कीले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन ।। 

प्रतिक्रिया