प्रधानमन्त्रीले विश्वासको मत नपाए उपधारा तीन अनुसारको सरकार बन्ने माओवादीको दाबी

नेकपा माओवादी केन्द्रले अब सरकार गठन हुँदा संविधानको ७६ को उपधारा तीन अनुसार गठन हुने तर्क गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत नपाएपछि उपधारा तीन अनुसारको सरकार बन्ने दाबी गरेका हुन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया भएको भन्दै सांसद यादवले संबिधान अनुसार गठन हुने प्रक्रियाका लागि धैर्यता राख्न आग्रह गरे । 
सांसद यादवले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति पनि आपत्ति जनाए । संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको उनको आरोप छ ।  संघीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने सांसद यादवको चेतावनी छ । संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने समेत उनले बताए । 
 

प्रतिक्रिया