एमाले सचिवालय बैठक स्थगित

नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर असार २६ गते बुधबार बिहान  ११.०० बस्ने गरी स्थगित भएको हो । 

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ। एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया