मोरङ र सुनसरीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
मोरङ र सुनसरीमा रातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।
आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया