पूरै ३० दिन लिनुस् तर सदनप्रति उत्तरदायी हुनुपर्‍यो : रमेश लेखक

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरू संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरू सदनप्रति उत्तरदायी नभएको बताएका हुन् ।

बैठकमा बोल्दै लेखकले बाढी पहिरो, डुबानले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले सदनलाई जानकारी नदिएको भन्दै आक्रोश व्यक्त गरे। उनले कञ्चनपुरमा वर्षाका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । “हिजो पनि माननीयज्यूहरूले भन्नुभयो– सरकार विश्वासको मत लिने तयारी गरेको छ । संविधानानुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने, “सरकारले पूरै ३० दिन  लिनुस्,, २१ दिन थपे पनि भयो, केही समस्या भएन । तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो।”

प्रतिक्रिया