निष्काशन लगत्तै मुकुलको प्रतिक्रिया: रविको क्लबबाट निष्काशित भएको हुँ, पार्टीभित्र घण्टी बज्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निष्काशित भएका डा. मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निष्काशित भएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न भने नरोकिने बताए । 

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’, उनले भने । 
उनले  बाँकी धारणा बुधबार सार्वजनिक गर्ने बताए । 

प्रतिक्रिया