रास्वपाद्वारा महामन्त्री मुकुल ढकाल पदमुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।
अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।कारबाही चित्त नबुझेमा ढकालले ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्नेछन्।
प्रतिक्रिया