बाँकेको जयन्दु बाल सुधारगृहमा झडप, दुईजना फरार

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार  बेलुका खाना खाने बेला बालबन्दीबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट भागेका   बालबन्दी मध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका छन् । खाना खाने विषयमा विवाद हुँदा झडप भएको प्रहरी श्रोतले जनाएको छ ।  ।उक्त बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन् । उनीहरू सबै १८ वर्षमुनिका छन् ।

बालसुधार गृहको सुरक्षाका निम्ति खटिएका प्रहरी त्यहाँभित्र प्रवेश गर्न पाउँदैनन् । सुधारगृहबाहिर समेत हतियारबिना सुरक्षामा खटिनुपर्ने भएकाले बालबन्दी भाग्न सफल भएका प्रहरीले जनाएको छ ।
झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ ।
डुडुवा गाउँपालिका स्थित रिहमुनियामा संचालित सुधार गृहमा यसअघि पनि झडप भएको थियो ।

प्रतिक्रिया