मोदी-पुटिन वार्ता, युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई छाड्न रूस सहमत

रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्।  दुई दिने औपचारिक भ्रमणका लागि रूसमा रहेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनबीच  सोमबार रात्रीभोजमा भएको वार्तापछि पुटिन सहमत भएका हुन् । 

जसमा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।  उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो। त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने समाचारमा उल्लेख छ। रात्रिभोजमा पुटिनले मोदीलाई पुनस् निर्वाचित भएकोमा बधाई समेत दिएका थिए।

हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । 

प्रतिक्रिया