महामन्त्री ढकालले तयार पारेको प्रतिवेदनको स्वामित्व रास्वपाले नलिने

ढकाललाई जिम्मेबारीवाट हटाउने केन्द्रीय समितिको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी छ ।  पार्टी केन्द्रिय कार्यालय बालाजुमा बैठक बिहान पौने ९ बजेबाट बैठक बसिरहेको छ ।बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्नेबारे पार्टी अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री  ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । बैठकमा सो प्रतिवेदनबारे छलफल भएपछि कारबाहीको निर्णय लिने तयारी छ ।  त्यस्तै ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको नेताहरुको भनाइ छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनुपहिल्यै सार्वजनिक गरेको भन्दै सो प्रतिवेदनको स्वामित्व नलिने भएको हो । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीको तयारी छ । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो । कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो । आजको बैठकले थप कारबाही गर्ने तयारी गरेको छ । ढकाललाई महासचिवबाट हटाउने तयारी छ । बैठकले ढकाललाई केन्द्रीय सदस्यको भूमिका मात्रै दिएर महामन्त्रीको जिम्मेवारी अरूलाई नै दिने बताइएको छ । प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही गर्न लागिएको हो । 

प्रतिक्रिया