नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन । असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो । सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । आजको सचिवालय बैठकमा दुई दलविचको सहमतिका विषयमा पनि छलफल हुनेछ । बैठकमा पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि छलफल हुनेछ । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन गर्ने तयारी पार्टीको छ । जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुने बताइएको छ र २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय निणर्यलाई समेत बैठकले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया