कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु, एक जना बेपत्ता

कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया लक्ष्मी बोगटी र १५ वर्षीया आरती बोगटीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी कृष्णपुर नगरपालिका–१ पहरीमा घरभित्र पानी पस्दा ७ महिने शिशु सोनु धानुकको मृत्यु भएको छ । आइतबार दिउँसो माछा मार्ने क्रममा बेलडाडी–५ झिममिलाका डम्बर चौधरी चौधर नदीमा बगेर बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जिल्लाभरिमा ९ सय परिवार विस्थापित भएका छन् । उनीहरु अहिले विद्यालय र आफन्तको घरमा आश्रय लिइ बसेका छन् । वर्षा रोकिएसंगै नदी नालामा पानीको बहाव घटेपछि डुबान कम हुन थालेका छ लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३ सय १३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ। भजनीका चार हजार ८४८ परिवार बाढीले प्रभावित भएका छन ।
 

प्रतिक्रिया