मनसुन सुरु भए यता विपदमा परेर ७४ जनाको मृत्यु

 

नेपालमा मनसुन सुरु भए यता विपदमा परेर ७४ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपदमा परीे ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै विपदमा परेका ५३ जनाको उद्दार गरिएको छ । कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको हो । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।बाढीका कारण सयौं घर डुबानमा परेका छन् । यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।। 

प्रतिक्रिया