अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर

अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ । अमेरिकी न्याय विभागले २०१८–२०१९ मा दुईवटा दुर्घटना पछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लङ्घन गरेको फेला पारेको छ । बोइङ सो घटनामा २ सय ४३ दशमलब ६ मिलियन डलर जरिवाना तिर्न सहमत भएको छ । यसबाहेक कम्पनीले आगामी ३ वर्षमा विमानको सुरक्षामा त्यति नै रकम खर्च गर्ने जनाएको छ ।  २०१८ र २०१९ को पाँच महिना भित्र, बोइङ कम्पनीको ७३७ म्याक्स विमान इन्डोनेसिया र इथियोपियामा दुर्घटनाग्रस्त भयो । यी दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएको थियो । यसपछि अनुसन्धानको सिलसिला सुरु भएको थियो । अनुसन्धानमा विमानमा धेरै अनियमितता भएको खुलासा भएको छ । 

 

प्रतिक्रिया