युक्रेनस्थित एक बाल अस्पतालमा रुसी क्षेप्यास्त्र प्रहार, २० जनाको मृत्यु

युक्रेनको राजधानी किभस्थित एक बाल अस्पतालमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा २० जनाको मृत्यु भएको छ । आक्रमणमा कयौं घाईते भएका छन ।  त्यसैगरी मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएका छन । किभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणको परिणामबारे आधिकारिक आँकलन भइरहेको बताएका छन ।  केही महिनायता किभमा भएको यो सबैभन्दा ठूलो बमबारी रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । रुसी सेनालेसबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले शहरका सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको जनाएका छन । युक्रेनको मध्य निप्रोपेत्रोभ्स्क क्षेत्रमा पनि रुसले आक्रमण गरेको छ । युक्रेनलाई सहयोग गर्न  नेटोको तीन दिने शिखर सम्मेलनको पूर्वसन्ध्यामा पछिल्लो आक्रमण भएको हो ।

प्रतिक्रिया