काभा यू–२० महिला भलिबलको खेल तालिका सार्वजनिक

काभा यू–२० महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका सार्वजनिक भएको छ । काभाले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा १८ जुलाईं देखि २० जुलाईंसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा १८ जुलाईंमा श्रीलंकाविरुद्ध खेल्ने छ । १९ जुलाईंमा नेपालले आफ्नो दोस्रो खेल कीर्गिस्तानसँग खेल्ने छ । अन्तिम खेलमा भने नेपाल र माल्दिभ्स जुलाई २० मा आमने सामने हुनेछन् । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ ।  नेपाली टोली माल्दिभ्स जुलाई १६ मा जाने तयारी छ । मुख्य प्रशिक्षक कुमार राई र सहायक प्रशिक्षक अर्जुन घिमिरेले नेपाली टोलीलाई प्रशिक्षण गराई रहेका छन् ।

प्रतिक्रिया