असिमित वचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आयो: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित वचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन । आज सिंहदरबारमा बसेको सहकारी संस्था वचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै गर्भनर अधिकारीले भुगोलको सीमा नराखिएको, असिमित वचत संकलन गर्न दिइएको, अन्यथा ढंगले वचत संकलन गरिएको कारण समस्या आएको जानकारी दिएका हुन । गर्भनर अधिकारीले नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको जानकारी दिएको समितिले जनाएको छ । 
गर्भनर अधिकारीले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने धारणापनि राखे । समितिले आज बैठकमा बैंकर्स एशोसिएशनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको हो । आमन्त्रित विज्ञले एउटै कर्जा सूचना केन्द्र हुनुपर्ने सुझाव दिएका छन । 

प्रतिक्रिया