४ दिनपछि स्वीकृत भयो जसपाका मन्त्रीहरूको राजीनामा
जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो ।उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।
राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् ।
जसपा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको दल हो ।
प्रतिक्रिया