संक्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन मानवअधिकार आयोगको दबाव
सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताएका हुन । अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गरे ।
अध्यक्ष मगरले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए । संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको उनको भनाइ थियो । सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने अध्यक्ष मगरको विश्वास छ । सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो ।
प्रतिक्रिया