अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएको भन्दै आपत्ति समेत जनाए ।
मध्य रातमा एमाले–काँग्रेसबीच सत्तासमीकरण हुने कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने उल्लेख गरे ।
"अहिलेसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्तासमीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला," उनले भने ।
सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढे मात्रै स्वभाविक हुने बताए ।
प्रतिक्रिया