बाढी, पहिरो प्रभावितहरुको तत्काल उदार र राहतको व्यवस्था गर्न सांसदहरुको माग

बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले अविरल वर्षाको कारण देशभर बाढी पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरे । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पतीमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गरे । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले बाढी पहिरोमा परेकाहरुका लागि आवश्यक राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन । नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले बाढी र पहिरोको कारण मुलुकमा सबै सडकहरु अवरुद्ध भएको बताए । बाढी पहिरो पीडितहरुको लागि सरकारले उचित राहत र उद्धारको व्यवस्था राम्रो नभएको भन्दै तत्काल व्यवस्था गर्न माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नक्कली भूटानी नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेश गरेको अभियोगपत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक बेचैन शुरु बताए । यस्तै, नेपाली कांग्रेस कि सचेतक शुसिला थिङ, सांसद सपना राजभण्डारी, सीता मिजारले बाढी पहिरोको जोखिममा परेका नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । 
 

प्रतिक्रिया