सांसद शान्ति विकले गृहमन्त्रीको धोती खुस्किएको भनेपछि रास्वपाका सांसदको नियमापत्ति

नेपाली कांग्रेसकी सांसद शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले नियमापत्ति गरेका छन् ।  आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद विकले गृह मन्त्रालयले भ्रष्टाचारका फायल खोल्न एक्सनमा उत्रेपछि ठुला दल मिल्न लागेको भनेर गरेको टिप्पणीको प्रतिवादमा उत्रने क्रममा सहकारी प्रकरणले गृहमन्त्रीकै धोती खुस्किएको बताएकी थिइन् । 
विकले सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज नहुने बताएकी हुन । विकले यति भनेपछि रास्वपा सांसद झा आसनबाट उठेर आपत्ति जनाएका हुन ।  
झाले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गरेका हुन । त्यसपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको भन्दै झालाई सल्लाह गरेर त्यसबारे निर्णय लिइने जानकारी गराएका थिए । 

प्रतिक्रिया