अल्पमतमा परेपनि प्रधानमन्त्री संविधानमा प्वाल खोजिरहनु भएको छ: ठाकुर गैरे
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले विपद्मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए । सांसद गैरेले प्रधानमन्त्री अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको टिप्पणी गरे ।प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको उनको जिकिर थियो ।
‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । “सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि !,” उनले भने ।सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।
“
प्रतिक्रिया