बाढीपहिरोले दुई दिनमा पन्ध्र जनाको मृत्यु, ६ जना बेपत्ता

तीन सातामा सतसठ्ठी जनाले ज्यान गुमाए, त्रियासी घाइते

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । आइतबार साँझसम्म ३ जना बेपत्ता छनरु। शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार यताको भारी वर्षातका कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, वाग्मतीमा २, कोशी र उपत्यकामा १÷१ जनाको मृत्यु भएको छरु। गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन्रु। ३ जना बेपत्ता छनरु। बाढीले उदयपुरको बेलका–३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता भएका छन । त्यस्तै स्याङ्जाको बिरुवा–६ र तनहुँको शुक्लागण्डकी–७ मा पहिरोले पुरिएर ३÷३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छरु। पहिरोमा नै परी पर्वतको फलेबास कार्कीनेटामा २ जनाको मृत्यु भएको छरु। बाढीले बगाएर दाङको लमही र राजपुरमा २ जनाको मृत्यु भएको छ भने पाल्पाको माथागढीमा र कोशीमा एक÷एक जनाको मृत्यु भएको छ ।
काभ्रेको रोशीमा बाढीमा परी दुई जनाले ज्यान गुमाएका छनरु। त्यस्तै काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु भएको जनाइएको छरु। बाढीपहिरोमा परी पछिल्लो दुई दिनमा मृत्यु हुनेमा ७ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन । पहिरोमा परी स्याङ्जामा ७ र तनहुँमा ५ जना घाइते भएका छन । सिन्धुपाल्चोकको हेलम्बु, गुल्मीको रुरुक्षेत्र, चितवनको इच्छाकामना र ओखलढुंगामा ६ जना घाइते भएका छनरु।बाढीमा परी काठमाडौंको दक्षिणकाली र बूढानीलकण्ठमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । वर्षायाम सुरु भएदेखि नै जेठ मसान्तयता देशभर बाढीपहिरो लगायत मनसुनजन्य घटनामा परी ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छरु। त्यस्तै ८३ जना घाइते भएका छनरु। ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। 
  
 

प्रतिक्रिया