सतहत्तर वर्षयताकै दोस्रो ठूलो वर्षाले कञ्चनपुर डुवानमा
यो वर्ष नेपालमा ७७ वर्षयताकै दोस्रो ठूलो वर्षा भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै÷ठूलो वर्षा भएको हो ।
कञ्चनपुरका हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४ सय ५० मिलिमिटरदेखि ५ सय ८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो । यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कञ्चनपुरमा भएको वर्षाले चिसापानीको यो रेकर्डलाई उछिनेको हो । नेपालमा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५ सय १६ दशमलब २ मिलिमिटर वर्षा मापन गरिएको थियो । एक दिनमा यति धेरै वर्ष नेपालमा हालसम्म अन्त कतै नभएको मौसमविद्को भनाइ छ । उता लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुवानमा परेका छन् । डुवानमा परेका ४ सय ६६ घरपरिवारका १ हजार ६ सय २२ जनालाई सुरक्षित ठाउँमा सारीएको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुवानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो । उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ । भारी बर्षाका कारण अझै बस्तीहरू डुवानमा पर्नेक्रम बढ्दै गएको जनाइएको छ । यस्तै घर डुवानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो । घरभित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।।
प्रतिक्रिया