बागलुङमा स्वास्थ्यको पहुँच राम्रोसँग पु¥याउन चुनौती

बागलुङमा केही बर्ष यता डेङ्गु रोगको प्रकोप बढेको भन्दै स्वास्थ्य कार्यालयले चिन्ता प्रकट गरेको छ । आर्थिक बर्ष २०८०÷८१ को प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले डेंगु स्वास्थ्य चुनौतीको रुपमा देखिएको जनाएको हो । बाग्लुङको ग्रामीण दुरदरार क्षेत्रमा यातायातको साधन नहुदा तत्काल उपचार गर्नुपर्ने विरामी गर्भवती महिलाको उपचारमा समस्या रहेको कार्यालयको भनाइ छ ।  
बाग्लुङको पश्चिम ढोरपाटन क्षेत्र मनाङ जिल्ला भन्दा ठूलो हुनुका साथै जनसंख्या पनि धेरै भएको कारणले त्यस ठाउँमा स्वास्थ्यको पहुँच राम्रोसँग पु¥याउन चुनौती रहेको जनप्रतिनिधिको भनाइ छ । 
छलफलमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानसिक स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । यो बर्ष स्वास्थ्य कार्यालय बागलुङले राम्रो कार्य प्रगति लक्ष्य अनुसारको काम समयमै सम्पन्न गरेको भन्दै गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको थियो । 

प्रतिक्रिया