फ्रान्समा वामपन्थी दल जिततर्फ अग्रसर

दोस्रो चरणको मतदानमा चरम दक्षिणपन्थी दललाई धक्का

फ्रान्सको संसदीय निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । दोस्रो चरणमा भएको मतदानको सर्वेक्षण अनुसार वाम गठबन्धनले अन्य दललाई उछिनेको देखाएको हो । सर्वेक्षणको परिणामले फ्रान्समा यसपटक आश्चर्यजनक नतिजा आउने देखाएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी राष्ट्रिय  ¥याली  पार्टी आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ । वामपन्थी न्यु पपुलर फ्रन्ट १८२ स्थानका साथ सबैभन्दा अगाडि छ । त्यस्तै राष्ट्रपति इम्यानुएल म्याक्रोँको मध्यमार्गी पार्टी एनसेम्बल अलायन्स १सय ६८ सिटका साथ दोस्रो स्थानमा रहेको छ । दक्षिणपन्थी नेशनल ¥याली र उसका सहयोगीहरूले १ सय ४३ सिट जितेका छन् । वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच भएको रणनीतिक सहमतिका कारण दोस्रो चरणको मतदानमा वाम गठबन्धनको पक्षमा बढी भोट खसेको आँकलन गरिएको छ । एक साताअघि भएको पहिलो चरणको मतदानमा दक्षिणपन्थी राष्ट्रिय  ¥याली  आरएन पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट एनएफपीले सबैभन्दा बढी मत ल्याउने देखिएको छ।  राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी पार्टी एसेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । कुनै पनि गठबन्धनले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएपछि अबको प्रधानमन्त्री को हुने हो भन्ने स्पष्ट भइसकेको छैन । म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् । वामपन्थी फ्रान्स अनबाउड पार्टीका नेता जीन–लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् । मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय ¥याली गरिरहेका छन् । राष्ट्रिय ¥यालीका नेता जोर्डन बर्डेलाले गठबन्धनले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा पुरयाएको टिप्पणी गरेका छन् । चुनावको परिणाम सार्वजनिक हुँदै गर्दा हिंसात्मक झडप हुन थालेपछि पेरिसको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसका साथै वामपन्थी समर्थकहरूले भने जितको खुसीमा जुलुस निकालेका छन् ।। 
 

प्रतिक्रिया