आसाममा बाढीका कारण २३ लाख मानिस प्रभावित

भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण  २३ लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेका छन । मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासी मारमा परेका हुन । आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिएका छन ।‘बाढीले आसाममा चारवटा तटबन्ध भत्किएका छन भने नदी किनारमा धेरै विनाश भएको उनले बताएका छन । ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको स्तर अहिले घटिरहेको बताइएको छ । 
 

प्रतिक्रिया