दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफ नेपालका 'राहुल बाबु श्रेष्ठ'
नेपालका राहुल बाबु श्रेष्ठ दुईवटा मिशेलिन स्टार पाउने रेष्टुरेन्ट 'रो अन फोर्टीफाइभ' को हेड शेफका रुपमा कायरत् छन् । दुईवटा मिशेलिनन स्टार पाउने रेष्टुरेन्टमा काम गर्ने संभवत पहिलो नेपाली हेड शेफ हुन् राहुल बाबु श्रेष्ठ।
बेलायती सेफ आर्थटनले दुई दशकअघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको रेष्टुरेन्ट 'रो अन फोर्टीफाइभ'ले दुईवटा मिशेलिन स्टार पाएको हो। श्रेष्ठ यही रेष्टुरेन्टको हेड शेफका रुपमा कार्यरत छन् । मिशेलिन स्टार उत्कृष्ट पाककला भएको रेष्टुरेन्टलाई प्रदान गर्ने गरिन्छ। खानामा राखिने सामाग्रीको गुणस्तर, स्वादको सन्तुलन, दक्षता, शेफको व्यक्तित्व र मेनुमा निरन्तरतालाई आधार मानेर स्टार दिने गरिन्छ।
श्रेष्ठले सन् २०१३ देखि रेष्टुरेन्टमा इन्टर्सिप गर्न सुरु गरेका थिए। त्यसपछि लन्डन र सिंगापुरका रेष्टुरेन्टमा उनले काम गरे। सिंगापुरमा पनि उनले जसनसँग काम गरेका थिए। पछि उनी ३ वटा मिसिलोन स्टार पाएको रेष्टुरेन्टमा काम गर्न नर्वे गएका थिए।
सन् २०१६ मा उनी फेरि जेसनसँग काम गर्न दुबई पुगेका थिए। हाल उनी सो रेष्टुरेन्टका सेफ दी क्युजिन )हेड सेफ) सँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा काम गरिरहेका छन्। सँगै एक्जुक्युटिभ सेर्फ ड्यान बर्कसँग उनले किचन टिम सम्हालिरहेका छन्।
प्रतिक्रिया