वीरगञ्जको प्रसिद्ध गहवामाईको रथयात्रा जारी
भारतसहित मधेश प्रदेशका लाखौं भक्तजनको सहभागिता
वीरगञ्जको प्रसिद्ध गहवामाईको रथयात्रा आज भैरहेको छ । गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेश प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ । पर्सामा गत वर्षदेखि गहवामाईको रथयात्रा सुरु भएको हो । ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन रथयात्रा गर्न लागेको आयोजकको भनाइ छ । गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाइएको छ । गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा हुने भएको हो । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । गहवामाई मन्दिरको सयौं वर्ष पुरानो इतिहास छ । वीरगञ्ज नगरको स्थापना गहवा गाउँबाट भएको मान्यता रहेको छ । गहवामाई कै नामबाट सो ठाउँको नाम परेकाले गहवामाईलाई नगरकि देवीको रुपमा पुज्ने गरिन्छ ।
प्रतिक्रिया