प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको आग्रह
प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत नदिने संसदीय दलको निर्णय
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।
‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ । बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’ उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए।
त्यस्तै एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।
प्रतिक्रिया