महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज बनबासा पुलमा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको छ । महाकालीमा आज विहान पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । 

प्रतिक्रिया