सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । कोशीको बहाब लगातार बढिरहेको छ। बहाब बढेपछि साइरनसमेत बजाइएको छ । अहिले कोशीको बहाब २ लाख ७२ हजार ४८५ क्यसेक रहेको छ। कोशीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । 

प्रतिक्रिया