कृषि पेशालाई सम्मान गर्ने वातावरण बन्दै भएको छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा कृषि पेशालाई सम्मान गर्ने वातावरण बन्दै गएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कृषकहरु सरकारी कार्यालयमा जाँदा पहिला नाक खुम्च्याउने गरे पनि अहिले सम्मान दिने क्रम शुरु हुनु खुशीको विषय भएको बताएका हुन् । उनले विदेशबाट फर्किएर कृषि पेशामा काम गरिरहँदा कृषकहरु पनि उत्साहित रहेको आफूले पाएको बताए । गर्भनर अधिकारीले खाद्यजन्य, कृषिजन्य वस्तुहरु ठूलो मात्रामा आयात भइरहेको भन्दै नेपाल स्वयं आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । 
गभर्नर अधिकारीले राष्ट्रबैंक माध्यम भएर दिइरहेको ब्याज अनुदान कार्यक्रममा अहिले १ लाख २६ हजार ऋणि बनेको जानकारी दिए । त्यसमध्ये ७५ हजार ऋणि महिला रहेको उल्लेख गर्दै उनले महिलाले मात्रै उक्त कार्यक्रमअन्तर्गत प्रयोग गरेको ऋण ४३ अर्ब भएको बताए । गभर्नर अधिकारीले २०७९ असोजदेखि यता अनुदान नदिइएको पनि स्पष्ट पारे । उनले युवाहरुले देश छोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन लाग्नुपर्नेमा जोड पनि दिए ।।
 

प्रतिक्रिया