एमाले संसदीय दलको बैठक बस्दै
नेकपा एमाले संसदीय दलको बैठक जारी छ । पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन संसदीय दलको बैठक बसिरहेको हो । संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो । समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन् । कांग्रेस—एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।
प्रतिक्रिया