ब्राजिललाई टाइब्रेकरमा हराउदै उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आज बिहान ब्राजिललाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उरूग्वे सेमिफाइनलमा पुगेको हो । टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो । ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन । निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो । ७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो । त्यसका बाबजुद पनि ब्राजिलले गोल गर्न सकेन । उरूग्वेले अब कोलम्बियासँग सेमिफाइनल खेल्नेछ । आज बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक–एक गोल गरेका थिए । यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ । यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ । उरुग्वेको जितससँगै कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ । अर्को खेलमा अर्जेन्टिनाले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया