धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यही असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको हो ।

अन्तरिम आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा रोक लागेको छ । अब, आवेदन दिएर अन्तर्वार्ता र प्रस्तुतिमा संलग्न भएका दुईजनामध्येबाटै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया