एमालेले दलाल पूँजीवादसँग अँगालो मारेको नेता खनालको आरोप

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पूँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै खनालले नेपाली कांग्रेस र एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए । कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले एमालेभित्र भूकम्प गएको बताए । उनले एकीकृत समाजवादीको विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने पनि बताए ।

प्रतिक्रिया