उलटपुलट राजनीतिमा हाम्रो पार्टीको खोजी भइरहेको छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले  राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताएका छन् ।  दसौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको महाधिवेशन जारी रहेकै बेला नेपालको राष्ट्रिय राजनीतिमा उलटफेर भएको भन्दै त्यो उलटफेरपछि आफ्नो पार्टीको माग भइरहेको बताएका हुन् । बदलिएको राजनीतिक घटनाक्रमहरूका कारण कुनै पनि पार्टी एक्लै हिँड्न नसक्ने बताए। 

उनले भने, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’
अध्यक्ष नेपालले एमालेसँग विद्रोह उचित र न्यायपूर्ण थियो भन्ने पुष्टि भएको भन्दै आफ्नो पार्टीको भूमिका मुलुकलाई सही दिशामा लैजानतर्फ केन्द्रित रहने बताए ।

उनले महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको  र्‍यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको दाबी गरे ।

 

प्रतिक्रिया